बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुरी प्रभावित क्षेत्रमा बत्ति आउन अझै दुई साता लाग्ने

हुरी प्रभावित क्षेत्रमा बत्ति आउन अझै दुई साता लाग्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- बाराको हावाहुरी प्रभावित बस्तीमा विद्युत प्रशारण पुनस्संचालनमा ल्याउन अझै दुई साता लाग्ने भएको छ ।

विद्युत आपूर्तीको लागी नयाँ पोल, तार र ट्रान्सफर्मर हावाहुरीबाट सबै भन्दा बढी प्रभावित भलुही भरवलियामा र पुरैनियामा पुर्याइएपनि जडान गर्ने कार्य शुरु हुन नसकेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जानकारी दिएको छ ।

 हावाहुरी प्रभावित क्षेत्रमा पीडित र राहत वितरण गर्न आउनेको भीडभाडका कारण पोल गाड्ने कामलाई गती दिन नसक्दा विद्युत आपुर्ती नियमित गर्न ढिलाई हुने भएको हो ।

लगातार तीन दिनदेखि प्राविधिक सहितको टोली प्रभावित क्षेत्रमा खटिएपनि अत्यधिक भीडभाडका कारण काम शुरु गर्न चुनौती भएको छ, वितरण केन्द्र प्रमुख गजेन्द्र कुमार चौधरीले भने, अहिलेको अवस्था देख्दा विद्युत सुचारु गर्न कम्तीमा दुई साता लाग्नेछ ।

हावाहुरीका कारण बाराको सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने भलुहीभरवलियामा ६ जना र वडा नम्बर ६ अन्तर्गत पर्ने पुरैनिया गाउँमा १२ जनाको हावाहुरीका कारण दुर्घटनामा परी मृत्यु भएको थियो । यो दुई गाउँमा ठूलो संख्यामा विद्युतको पोल,तार र ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।