बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रस्तावित सर्वोच्चका न्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित सर्वोच्चका न्यायाधीशविरुद्ध उजुरी आह्वान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका पाँच प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिएको छ।
 
चैत १९ गते मंगलबार न्यायपरिषद्बाट सिफारिस भएका पाँच जना प्रस्तावित न्यायाधीशविरुद्ध वैशाख २ गते सम्म उजुरी दिन आह्वान गरेको हो । समितिका अनुसार उजुरी आज शुक्रबारबाट लिन सुरु गरिएको छ ।
 
समितिको फोन नम्बर ०१ ४२००२७७ मा फोन गरेर वा parl_hearingcommittee@parliament.gov.np मा इमेल गरेर उजुरी दिन सकिनेछ । सूचना दिने व्यक्तिले आफ्नो नाम, थर र वतन खुलाउनुपर्नेछ । तर सूचना दिने व्यक्तिले नाम खुलाउन नचाहे नाम गोप्य राखिने समितिले जनाएको छ ।

न्यायपरिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुँयाल, काठमाडौंबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा. मनोजकुमार शर्माको नाम सर्वोच्च अदालतका न्यायाधिशका लागि सिफारिस गरेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।