बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का संसदीय समितिमा भागबन्डा मिल्यो : कांग्रेसलाई १ नेकपालाई ६ सभापति  

प्रदेश १ का संसदीय समितिमा भागबन्डा मिल्यो : कांग्रेसलाई १ नेकपालाई ६ सभापति  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- प्रदेश १ का संसदिय समितिहरुमा सभापतिको लागी राजनितिक सहमति जुटेको छ । दुइ तिहाइको सत्तारुढ नेकपाले ६ समितिको नेतृत्व पाउने र विपक्षी नेपाली कांग्रेसले एउटा समितिको सभापति पाउने गरि सहमति जुटेको हो ।

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद शिवनारायण गनगाई चयन हुने भएका छन् । बाँकि ६ वटा समितिहरुमा भने नेकपाका सांसदहरु सभापति हुने भएका हुन । 

संसद्का न्याय, प्रशासन तथा विधायन समितिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिमा अर्जुन राई , सामाजिक विकास समितिमा सरिता थापा सभापति भएका छन । यस्तै गरि, उद्योग, पर्यटन  तथा वातावरण समितिमा सीता थेवे, अर्थ समितिमा मोहन  खड्का र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवा सभापति हुने भएका छन् ।
 
तर, यसले औपचाकिता भने आज शुक्रबार मात्रै पाउने छ । गत चैत्र १५ गते चैत्र २२  गतेको लागी संसदिय समितिका सभापतिहरुको चुनाव तोकिएको थियो । जसको लागी प्रदेश सभा सचिवालयका सचिव अम्बिका चौलागाईलाई निर्वाचन अधिकृत तोकिएका छन ।
 
२०७४ चैत २८ गते विभिन्न सात समितिमा सदस्यहरूको मनोनयन भए पनि अझै समितिहरूले सभापति नपाएको अवस्थामा ज्येष्टताको आधारमा सदस्यहरुले बैठकको अध्यक्षता गर्दै आएका थिए ।  सभापति चयन भएपछि भने अब बैठक बस्न सजिलो भएको सार्वजनिक लेखा समितिकि सदस्य सांसद कुसुमकुमारी श्रेष्ठले बताइन ।
 
ठुला दलको भागबन्डा हुँदा साना दलले पाएनन सभापति

९३ सांसदहरु भएको प्रदेश १ मा सत्तारुढ नेकपाका ६७ सांसद छन भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २१ जना रहेका छन । यस्तैगरि, संघिय समाजवादी फोरमबाट ३ र संघिय लिम्बुवान मन्च र राप्रपाबाट क्रमशः १÷१ जना सांसदहरु रहेका छन । तर, तीन साना दलबाट कुनैले पनि संसदीय समितिको सभापति नपाउने भएका छन । 

संसद सचिवालय श्रोतका अनुसार केन्द्रमा सत्ता गठबन्धन भएको संघिय समाजवादी फोरमलाइ पनि संसदिय सभापति दिने चर्चा भएपनि अन्तिममा फोरमले सभापति नपाउने भएको हो । संविधान सभाका सांसद समेत भइसकेका फोरमका  संसदिय दलका नेता जयराम यादवालइ कुनै समितिको सभापति दिने  चर्चा चलेको थियो ।
   
देश अझै पनि दुइ ठुला दलको सिन्डीकेटमा चलेकोले प्रदेश १ का तीन साना दलहरुले संसदिय सभापति नपाउनु अनौठो नभएको  लिम्बुवान मंचकि सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रतिकृया दिइन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।