बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तराईमा फेरि हावाहुरी आउने खतरा, देशभर मेघ गर्जनसहित वर्षा

तराईमा फेरि हावाहुरी आउने खतरा, देशभर मेघ गर्जनसहित वर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तराई क्षेत्रमा पुनः ठूलो हावाहुरी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । 

मौसममा देखिएको बदलावसँगै तराईका सिमाना र पश्चिमी पहाडका थोरै ठाउँमा हावाहुरीको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मौसमविद् विभुति पोखरेलका अनुसार तराईको सिमा क्षेत्रमा दिउँसो तिर हावाहुरी आउने सम्भावना देखिएको छ । उनले सावधानी अपनाउन समेत अपिल गरेकी छिन् । 

पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसमविद् पोखरेलले जानकारी दिइन । मौसममा देखिएको बदली आज र भोलि शनिबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने छ केहि स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकामा पनि मेघ गर्जन सहित पानी पर्ने जनाइएको  छ।
 
यस्तै आज देशका धेरै ठाउँमा मेघगजनसहित पानी पर्दा उच्च हिमाली र पहाडी भेगमा हिमपात समेत हुने मौसमविद् पोखरेलले जानकारी दिइन । मौसममा देखिएको बद्लाव आइतबारबाट सुधार हुने महाशाखले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।