बुधबार, साउन २०, २०८३

दिल्ली पराजित, सन्दीपको एक विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिीलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पराजित भएको छ । बिशिबार राती भएको खेलमा सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित भएको हो ।

दिल्लीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले १८.३ ओभरमा मात्र ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । हैदरावादका लागि जोनी बेर्सस्टोले सर्वाधिक ४८ रन जोडे । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै मोहमद नाबीले १७, विजय शंकरले १६, तथा डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०-१० रन जोडे । दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले एक एक विकेट लिए ।

हैदरावादविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिएका हुन् । हैदरावादसँगको विकेटसँगै सन्दीपले यस सिजनको ३ खेलमा ४ विकेट लिएका छन् । 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । 

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे । अक्षर पटेलले २३, क्रिस मोरिसले १७, शिखर धवनले १२ र पृथ्वी शाहले ११ रन जोडे । हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २-२ विकेट लिए ।  

जितसँगै हैदरावादले ४ खेलमा ३ जितसहित ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता दिल्लीको यो तेस्रो हार हो । पाँच खेलमा २ जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।