बुधबार, साउन २०, २०८३

अखबार : राहत वितरण भद्रगोल, पीडितको संख्या खुलेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले हावाहुरी प्रभावित क्षेत्रका पीडितको सकसलाई प्राथमिकतामा पारेका छन् ।
 
गएको आइतबार राति बारा र पर्सामा भीषण हावाहुरी गएपछि पत्रपत्रिकाहरुले निरन्तर रुपमा यसै विषयसंग सम्बन्धीत खबरलाई प्राथमिकतामा पार्दै आएका छन् । आजको नागरिक दैनिकले राहत वितरणमा देखिएको भद्रगोलाई मुख्य समाचार बनाएको छ ।

उसले पीडितको संख्या अझै स्पष्टसँग खुल्न नसक्दा समस्या देखिएको जनाएको छ । पीडितले स्थानीय राहत वितरण समितिका सदस्यले आफ्नालाई काखा र अरुलाई पाखा गरेको आरोप लगाएका छन् । क्षति मुल्यांकनमा पनि विभेद गरिएको उनीहरुको आरोप छ । 

आजको अन्नपूर्ण पोस्ट्ले हुरी प्रभावित क्षेत्र विस्तारिदै सम्हालिदै गएको विषयलाई मुख्य समाचार बनाएको छ । उसले आशाको मुस्कान शीर्षकमा हावाहुरी पछि विस्तारै देखिएको साना तिना खुसी समेटेर खबर लेखेको छ ।
 
आजको कान्तिपुरले भने हुरी प्रभावित क्षेत्रमा टेन्ट गाडेर स्थानीय बसेको फोटो प्राथमिकताका साथ प्रकाशित गर्दै समाचार भने भित्रि पृष्ठमा छापेको  छ।

उसले सुक्खामा हुरी र आगलागीको जोखिम, वर्षा लागे बाढी, हुरीपीडित किसानलाई बैंकको किस्ता तिर्ने चिन्ता, वर्षा नलाग्दै स्थायी संरचना बनाइदिन पीडितको माग र प्रभावितका घर बनाउन सेनालाई दिने केन्द्रको निर्णय शीर्षकका खबर पृष्ठ दुईमा छापेको छ ।
 
आजको नयाँ पत्रिकाले भने बाराको हुरीको प्रसंगसँग जोड्दै कोशीका बाढी प्रभावितको १० वर्षसम्म उचित बन्दोबस्त नभएको विषयलाई मुख्य समाचार बनाएको छ ।

पीडितको राहतका लागि जम्मा भएको ३६ करोड रुपैयाँ अझै सरकारी खाता थन्किएको छ। १० वर्षमा १० प्रधानमन्त्री र सुनसरीमा १० सिडिओ फेरिए पनि पीडितको दशा नफेरिएको समाचरमा उल्लेख गरेको छ ।

यो विषय बाहेक आजको कान्तिपुरले मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग एउटै कार्ययोजना लागु नभएको भनेर गुनासो गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । नेपाल आयल निगमले दैनिक २ करोड ८० लाख नाफा खाए पनि दुई महिनादेखि मूल्य समाोजन नगरेको विषयलाई पनि महत्वका साथ छापेको छ । 

नागरिकले भने बालुवाटारस्थित ललितानिवासले रहेको जग्गा तत्कालीन भोगाधिकारीले सरकारबाट मुआब्जा लिएर पनि हडपेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।  

ललितानिवासका तत्कालीन भोगाधिकारी, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी र भूमाफियाको मिलेमतोमा मुआब्जा लिइसकेको करिब एक सय १४ रोपनी र पञ्चायतकालमा जफत भएको १४ रोपनी ११ आना जग्गा हडपेको तथ्य फेलापरेको समाचारमा उल्लेख छ ।
 
आजको अन्नपूर्ण र नयाँ पत्रिकाले भने कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले उत्पन्न गरेको तरंगलाई महत्वका साथ छापेका छन् ।

अन्नपूर्णले कांग्रेसमा किचलो शीर्षकमा समाचार लेखेको छ भने नयाँ पत्रिकाले असन्तुष्ट कांग्रेस जिल्ला सभापति भेला, विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने चेतावनी शीर्षकमा खबर छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।