काठमाडौं – नेपाल तरुण दलले बारामा हावाहुरीबाट मृत्यु भएका मृतकका परिवारलाई दश हजार दिने घोषणा गरेको छ। बाराको प्रभावित क्षेत्रमा पुगेर नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले मृतक परिवारलाई जनही दश हजार नगद सहयोग गर्ने घोषणा गरेका हुन्।
एकहप्तामा तरुण दलले आर्थिक सहयोग उपलब्ध गराउने नेपाल तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले बताए। तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले तराईमा यति ठुलो विपद आएर जनधनको क्षति भएपनी सरकारले राष्ट्रिय शोक घोषणा नगरेकोमा आपत्ती जनाउँदै तत्काल राष्ट्रिय शोक घोषणा गर्न माग गरे।
उनले विपदमा पनि राज्यले तराईलाई उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरे। तरुण दलले बिहीबार हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, पर्साका कोषाध्यक्ष इम्तियाज आलम, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष संजय यादव लगाएतको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४