बुधबार, साउन २०, २०८३

राहत वितरणमा गन्जागोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - हावाहुरीका कारण प्रभावितहरुका लागि सहयोग गर्न बारा र पर्सामा राहत सामग्री पुर्‍याउनेको ओइरो छ। प्रकृतिको बितण्डबाट समस्यामा परेका बारा र पर्साका प्रभावितहरुलाई खाद्यात्रदेखि लत्ताकपडा सहयोग गर्न विभित्र जिल्लाबाट सहयोगी हातहरु पुगिरहेका छन्।

हावाहुरी प्रभावितहरुलाई राहत सामग्री उपलब्ध गराउन मकवानपुर, चितवन, धनुषा, काठमाडौंलगायतका स्थानबाट निजी संघसंस्थाकासाथै राजनीतिक दल, राजनीतिक दलका भातृ संस्था दैनिक पुगिरहेका छन्।

मुश्किलले ठुला गाडी गुड्ने ती प्रभावित क्षेत्रहरुमा अहिले राहत सामग्री बोकेर आउने ठुलादेखि साना गाडीहरुको लर्को लागेको छ। यहाँसम्म कि राहत सामग्री बोकेर आउने गाडीहरुका कारण जाम लाग्न थालेपछि सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरी नै खटाइएको छ।

दैनिक दर्जनौं संघसंस्थाहरुले प्रभावितहरुका लागि राहत सामग्री बोकेर पुगेपनि वितरण कार्य भने व्यवस्थित हुन सकेको छैन्। कसैले पटकपटक राहत सामग्री पाएका छन् भने कतिपय प्रभावितले केही पाउन सकेका छैनन्। हावाहुरी प्रभावित क्षेत्रमा खाद्यात्रसहित राहत वितरण गर्न पुगेका टोलीलाई पीडितसँग जोड्ने काम स्थानीय प्रशासनले गर्न नसक्दा राहत सामग्री वितरणमा खोसाखोस भइहरेको छ।

बुधबार साँझ पीडित परिवारलाई राहत वितरण गर्न एक संस्था बाराको भलुही भरवलिया पुग्यो। कपडा र खाद्यत्रले भरिएको सवारी साधन स्थानीयको जमातले नियन्त्रणमा लियाे। राहत वितरणका लागि बाहिरबाट आएका टोलीले तयारी गर्न नपाउँदै एक हुल आएर खाद्यान्न लुटेर लगेको स्वास्थ्यकर्मी जयमोद ठाकुरले बताए। प्रशासनले प्रभावकारी समन्वय गर्न नसक्दा राहत सामग्री लुछाचुँड हुने गरेको उनको भनाइ छ।

बलियाहरुले जबरजस्ती गरेर भएपनि राहत सामग्री हात पार्न सफल भइरहेपनि वृद्धवृद्धा, महिला र बालबालिका भएका परिवार राहत पाउन चुनौतीको सामना गरिरहेका छन्। राहत सामग्री वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्दा यस्तो समस्या आएको पीडित स्थानीयहरुको भनाई छ।

यता बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने काम भइरहेको बताए। बुधबारसम्म केही समस्या देखिएपनि बिहीबारबाट स्थानीय तहको संयन्त्रसँग समन्वय गरेर राहत वितरण कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पौडलले जानकारी दिए।‘हिजो अस्तिसम्म राहत वितरणमा केही समस्या भएकै हो,’ पौडेलले भने, ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी स्थानीय तहसँग समन्वय गरेर वास्तविक पीडितसम्म राहत सामग्री पुर्‍याउन जुटिसकेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।