बुधबार, साउन २०, २०८३

मृतकका परिवारलाई किरिया खर्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - प्रदेश २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनलले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई किरिया खर्च सहयोग गरेका छन्। खाद्यात्रसहितका राहत सामग्रीहरु पाइरहेपनि घरबारबिहीन भइसकेका हावाहुरी प्रभावितहरु आफन्तको किरिया गर्न समस्यामा रहेका बेला सोनलले यस्तो सहयोग गरेका हुन्।

हावाहुरीका कारण ज्यान गुमाएका बारा र पर्साका २८ परिवारलाई किरिया खर्च वापत ११ हजार नगद सहयोग गरिएको हो। मन्त्री सोनलले प्रभावित क्षेत्र पुगेर मृतकका आफन्तहरुलाई प्रतिपरिवार ११ हजार सहयोग गरेका हुन्।

प्रदेश सरकारले मृतक परिवारलाई जनही ३ लाख नगद सहयोग गर्ने निर्णय गरेपनि प्रक्रिया पुरा गर्न केही दिन लाग्ने भएकाले तत्कालका लागि यो रकम उपलब्ध गराइएको सोनलले बताए। किरिया खर्च वापत पार्टीको तर्फबाट रकम सहयोग गरिएको राजपा नेपालका महामन्त्रीसमेत रहेका सोनलले जानकारी दिए।

यसैगरी बाराको भलुही भलवरियामा १० वटा चापाकलसमेत उपलब्ध गराइएको उनले बताए। भलुहीमा खानेपानीको समस्या देखिएपछि चापाकल उपलब्ध गराइएको उनको भनाइ छ। हावाहुरीका कारण बारा र पर्सामा गरी २८ जनाको ज्यान गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।