बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डाक्टर बिहिन बन्दै सेती अस्पताल, दुई जना चिकित्सक मात्रै रहने 

डाक्टर बिहिन बन्दै सेती अस्पताल, दुई जना चिकित्सक मात्रै रहने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – सेती अञ्चल अस्पतालका १३ जना डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टर बिहिन जस्तै बन्ने सांवना बढेको छ। अस्पतालमा १५ सरकारी डाक्टर रहेकोमा १३ कोे संघीय सरकारमा समायोजन भएपछि अस्पताल डाक्टर बिहिन बन्न लागेको हो। 

स्थापना कालदेखि नै दरबन्दी अनुसारका डाक्टर नपाएको अस्पतालमा रहेका अधिकांश डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टर विहिन जस्तै हुने भएको हो। सुदूरपश्चिममा संघीय सरकारको मातहतमा डडेल्धुरा अस्पताललाई मात्र राखिएको छ। अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजन अनुसार अब सेती अञ्चल अस्पतालमा दुई मात्रै डाक्टर रहने भएका हुन्। उनका अनुसार डाक्टर १० औं तहका खगेन्द्र भट्ट र ९ औं तहका जगदिश जोशीको मात्रै सेती अञ्चल अस्पतालमा समायोजन भएको छ भने अन्य सबै सरकारी डाक्टरको संघीय मातहतमा रहेका अस्पतालमा सामायोजन भएको छ। 

चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद जोशीले सुदूरपश्चिमकै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याईएकोले यस्तो समस्या श्रृजना भएकोे बताए। उनले सेती अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याइएको तर, सबै डाक्टरको सरुवा भने संघीय सरकारको मातहतमा रहेका अस्पतालमा गरिएकाले अस्पतालको झनै बेजोग हुने बताए। सरकारी चिकित्सक संघ (गोदान) का सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले पनि सरकारले गरेको समायोजनले सेती अञ्चल अस्पतालको भविष्य नै संकटमा पारेको बताए। 

उनले सरकारले सहमति विपरीत समायोजनको सूची प्रकाशित गरेपछि सरकारी डाक्टरले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको बताए। साढे ३ दशकदेखि स्तरोन्नती नगरिदा  अस्पतालमा जनशक्ति, संरचना र शैया अभावको विकराल समस्या देखिएको अस्पतालमा भएका डाक्टरको पनि अन्य अस्पतालमा समायोजन हुने भएपछि सेवा झनै खस्किने चिन्ता अस्पताल प्रशासनको छ। अस्पतालमा करार र ज्यालादारीमा पनि ३० डाक्टर कार्यरत छन्। अस्पतालमा सुदूरपश्चिमका नौं जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्यचौकी, जिल्ला अस्पतालहरु, महाकाली अञ्चल अस्पतालदेखि उप–क्षेत्रीय अस्पताल डडेल्धुराबाट पनि बिरामी रेफर भएर आउने गरेका छन्।

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० साल अञ्चलमा स्तरोन्नती भएको थियो।  एकातिर तिव्र जनसंख्या वृद्धि र अर्कोतर्फ २०४० सालकै दरबन्दीमा अस्पताल चलिरहँदा अस्पतालमा जनशक्ति र भौतिक संरचनाको चरम अभाव छ। २०४० सालमा ५० सैयाको सरकारी स्वीकृती पाएको अस्पताललको ३४ बर्ष सम्म स्तरोन्नती भएको छैन। साविकको संरचनमा पटक–पटक क्षेत्रीय अस्पतालका लागि पहल भए पनि माग पुरा हुन सकेको छैन। अहिले आएर स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पतालाई प्रदेशको मातहतमा राखेको छ। प्रदेशले अस्पतालको नामाकरण प्रादेशिक गर्ने निर्णय त गरेको छ तर, शैया र जनशक्ति बढाउने अधिकार नभएको बताउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।