बुधबार, साउन २०, २०८३

एसईई प्रश्‍नपत्र बाहिरिनुमा प्रहरी नै दोषी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ मा प्रश्नपत्र चुहिएको घटनाको गुत्थी अन्ततः सुल्झिएको छ। एसइई प्रश्नपत्र बाहिरिएको घटनामा सुरक्षाको जिम्मेवारी बोक्ने प्रहरी नै संलग्न रहेको पाइएको छ।

प्रदेश २ मा १४ र १५ चैतको एसईई प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएको थियो। प्रश्नपत्र चुहाउने घटनामा संलग्न दुई प्रहरीसहित ६ जनालाई सार्वजनिक गरिएको छ। बिहीबार सीआईबी र प्रदेश २ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरी आरोपित दुई प्रहरीसहित ६ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्ने प्रहरीहरुमा सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दीपेन्द्र मण्डल छन्। दुबैजना सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान हुन्।

सिरहाको जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको थियो। प्रश्नपत्रको सुरक्षार्थ खटेका सुनरैत र मण्डल प्रश्नपत्र चुहाउने कार्यमा संलग्न देखिएको सीआईबीको अनुसन्धानबाट पुष्टि भएको छ।

यसअघि सामाजिक सञ्जालमा बाहिरिएको प्रश्नपत्रको छेउमै ब्लेड देखिएपछि प्रश्नपत्रको पोका तलबाट काटेर प्रश्नपत्र निकालिएको हुनसक्ने आशंका गरिएको थियो। पोकाबाट प्रश्नपत्र निकालेर उनीहरुले सप्तरी पठाएको प्रहरीले जनाएको छ। परीक्षा अगाबै प्रश्नपत्र सप्तरी पुगेपछि किनबेच सुरु भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

प्रश्नपत्र चुहाउने सम्बन्धी घटनामा प्रहरीले विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादवलाई पनि पक्राउ गरेको छ।

फोटो खिचेर सिरहाबाट सप्तरी पठाइएको थियो प्रश्नपत्र

१४ गतेको सामाजिक र १५ गतेको विज्ञान विषयको प्रश्नपत्र प्रहरी जवान ब्रम्हदेव सुनरैतमार्फत बाहिरिएको थियो। सुनरैतले पोकाबाट प्रश्नपत्र निकालेर फोटो खिची दाइ विष्णुदेवलाई पठाएका थिए। विष्णुदेवले सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो शिक्षक मनोज यादवलाई पठाए र मनोजबाट उमेशहुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको प्रहरीले जनाएको छ। प्रश्नपत्रको खरिदबिक्रि एक हजारदेखि ४ हजार रुपैयाँ सम्ममा भएको प्रहरीको भनाइ छ।

यसैक्रममा एकजनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि प्रकरण सार्वजनिक भएको थियो। उनीहरुले प्रयोग गरेको मोबाइलको प्राविधिक जाँच भइरहेको प्रहरीले जनाएको छ।

प्रश्नपत्र बाहिरिएपछि संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ मा परीक्षा स्थगित गर्न लगाएका थिए। घटनाको अनुसन्धान सीआईबीलाई गर्ने जिम्मा दिइएको थियो। यसैगरी परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।