सोमबार, चैत २, २०८२

व्यापार युद्ध र ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मनिला – एसियाली विकास बैंक (एडीबी) ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ। चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध र अस्तव्यस्त ब्रेक्जीटका कारण आर्थिक जोखिम बढेको बैंकको निष्कर्ष छ।

एसिया–प्रसान्त क्षेत्रका ४५ मुलुकहरु विकासशील एसियाली समूहमा रहेका छन्। एसियाली विकास बैंकको आर्थिक परिदृश्य प्रतिवेदनमा यस वर्ष यी मुलुकहरुको आर्थिक वृद्धि ५ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने उल्लेख छ। यस क्षेत्रमा सन् २०१८ मा ५ दशमलव ९ र सन् २०१७ मा ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरिएको थियो।

सन् २०१९ को प्रक्षेपण गर्दा वर्षको अन्तिम महिना डिसेम्बरको प्रक्षेपण ५ दशमलव ८ प्रतिशतलाई आधार लिइएको बैंकले जनाएको छ। सन् २०२० मा आर्थिक वृद्धि ५ दशमलव ६ प्रतिशत मात्र हुनेछ, र यो सन् २००१ यताकै सबैभन्दा न्यून हो।

“चीन र अमेरिकाबीचको बढ्दो तनाबले विकासशील एसियामा लगानी र वृद्धि दुबैमा ठूलो प्रभाव पारेको छ, र जोखिम अझ बढाएको छ,” एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावादाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ऋण लगानीकर्ताहरु पनि अमेरिकी वित्तीय नीतिहरुबाट प्रभावित देखिएका छन्। युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) मा भइरहेको अलमलले पनि लगानीमा असर परेको छ। यी दुबै परिस्थितिले विश्वका उन्नत अर्थव्यवस्था भएका मुलुकहरु र विकासशील दुबै किसिमका मुलुकहरुमा चुनौती थपिएका छन्।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले सन् २०१९ को आर्थिक वृद्धिको लक्ष्यलाई समायोजन गरी ६ दशमलव ५ प्रतिशतबाट ६ प्रतिशत बनाएको छ। बैंकका अनुसार एसिया प्रशान्त क्षेत्रमा दक्षिण एसियाको आर्थिक वृद्धि सबैभन्दा तीव्र गतिमा हुनेछ। यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धि ६ दशमलव ८ प्रतिशत हुनेछ, तर यो गत वर्षको ७ दशमलव १ प्रतिशतभन्दा कम हो। अघिल्लो वर्ष यस्तो आर्थिक वृद्धि ६ दशमलव ९ प्रतिशत थियो।

सन् २०१८ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो भने सन् २०१९ मा यो वृद्धि ७ दशमलव २ प्रतिशत हुनेछ भने २०२० मा ७ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको छ।

दक्षिण पूर्वी एसियाको आर्थिक वृद्धिदर भने अघिल्लो वर्षको ५ दशमलव १ को तुलनामा यस वर्ष ४ दशमलव ९ प्रतिशत मात्र रहनेछ। मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्यान्डको आर्थिक वृद्धि सोचेभन्दा कम हुने बैंकले जनाएको छ। अर्को वर्ष दक्षिण पूर्वी एसियाको आर्थिक वृद्धि ५ प्रतिशतको हाराहारीमा रहने छ।

बैंकले विकासशील एसियाली मुलुकहरुको औसत मुद्रास्फिती २ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ। यसअघि बैंकले मुद्रास्फिती २ दशमलव ७ प्रतिशत रहने अनुमान गरेको थियो। सन् २०२० मा मुद्रास्फिती दरमा अझ कमी आई २ दशमलव ५ प्रतिशत हुने अनुमान बैंकले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।