बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आधिहुरी प्रभावितलाई लुम्बिनी प्रेस क्लबको ५१ हजार सहयोग

आधिहुरी प्रभावितलाई लुम्बिनी प्रेस क्लबको ५१ हजार सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – प्रदेश नं. २ का बारा पर्सा लगायतका जिल्लामा आइतबार आएको आधिहुरीबाट प्रभावित भएका सर्वसाधरणका लागि राहत तथा उद्धारमा सघाउनेगरी लुम्बिनी प्रेस क्लबले ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।

क्रियासील पत्रकारहरुको साझा संस्था प्रेस क्लबको मंगलबार भैरहवामा सम्पन्न बैठकले प्रदेश नं. २ का विभिन्न जिल्लामा अकस्मात आएको  आधिहुरीले पु¥याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्कालकालागि मुख्यमन्त्री राहत कोष प्रदेश नं. २ को खातामा रकम जम्मा गर्ने निर्णय गरेको छ।  संस्थाका अध्यक्ष दिपेश पछाईको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रदान्जली व्यक्त गर्दै शोकसन्तप्त आफन्तजनमा समवेदना समेत व्यक्त गरेको छ।

बैठकमा नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्य नारयण प्रसाद सापकोटा, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना लगायतको समेत सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।