मंगलबार, असार २३, २०८३

अमेरिकी विमानबाट खस्ने मध्ये एकजना अफगानी फुटबलर

तालिबानले सत्ता कब्जामा लिएपछि अगाफनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थनमा भागदौड मच्चिरहेको थियो। त्यो भागदौडमा धेरै मानिस अन्य देश उड्न सफल भए भने केही सफल भएनन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- तालिबानले सत्ता कब्जामा लिएपछि अगाफनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थनमा भागदौड मच्चिरहेको थियो। त्यो भागदौडमा धेरै मानिस अन्य देश उड्न सफल भए भने केही सफल भएनन्।

त्यर त्यही क्रममा केही अफगानीले भने ज्यान गुमाएका थिए। गफगानिस्तान छोडेर कतारका लागि उडेको अमेरिकी मिटिरी विमानबाट खसेर केही युवाले ज्यान गुमाएका थिए।

तालिवानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण लिएको एक दिनपछि त्यहाँ रहेको हामिद कारजाई विमानस्थलमा सयौं मानिस अफगानिस्तान छाड्नका लागि पुगेका थिए।

ज्यान गुमाउने एक जना अफगानिस्ताको युवा फुटबल टोलीको सदस्य भएको त्यहाँको शिक्षा तथा खेलकुद निर्देशनालयले जनाएको छ। 

'हामीले दु:ख र पश्चातापका साथ यो सूचना दिइरहनु परेको छ कि हाम्रा युवा फुटबलर ज्याकी अनवारीको उक्त घटनामा निधन भएको छ,'  निर्देशनालयको विज्ञप्तिमा भनिएको छ। अरु सयौं युवासँगै देश छाड्न खोज्ने क्रममा युएस मिलिटरी प्लेनबाट खसेर उनको निधन भएको हो।

त्यहाँ प्लेन चल्न सुरु गरिसकेपछि पनि रनवेमा मानिसहरू दौडिरहेको भिडियो बाहिर आएको थियो। त्यस्तै उडिरहेको प्लेनबाट दुई जना मानिस झरेको भिडियो पनि भाइरल भएको थियो। झर्ने फुटबलर १९ वर्षीय जाकी अन्वरी रहेका छन्।

प्रकाशित: Aug 20, 2021| 08:34 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।