शुक्रबार, जेठ १, २०८३

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
जोधपुर – भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ। नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ। 

वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ। जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो। 

रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् । गत फेब्रुअरी १ तारिखमा पनि रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो। 

यसैगरी गत फेब्रुअरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो। 

भारतमा फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकू विमानहरु भित्र्याउन पहल गरिए पनि त्यो सफल हुन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।