शुक्रबार, कात्तिक २८, २०८२

रसुवामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु

मृत्यु हुनेमा बुद्धिकी ३२ वर्षीया श्रीमती कमला तामाङ, ११ वर्षीया छोरी सोकिता तामाङ, ८ वर्षीया छोरी सुकुमाया तामाङ र ७ वर्षीय छोरा आशिष तामाङ छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

रसुवा- रसुवामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका–५ कोलडाँडास्थित बुद्धि तामाङको घर पुरिँदा उनकै परिवारका ४ जनाको मृत्यु भएको हो। 

National life

मृत्यु हुनेमा बुद्धिकी ३२ वर्षीया श्रीमती कमला तामाङ, ११ वर्षीया छोरी सोकिता तामाङ, ८ वर्षीया छोरी सुकुमाया तामाङ र ७ वर्षीय छोरा आशिष तामाङ छन्। मृतहरुको शव नुवाकोट जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको रसुवा प्रहरीले जानकारी दिएको छ। 

घरबाहिर सुतेका ३५ वर्षीय बुद्धि तामाङ भने गम्भीर घाइते भएका छन्। त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको छ। 

जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक भत्किएर पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो। बिहीबार बिहान करिब साढे तीन बजे तामाङको घरमाथि सडकबाट पहिरो झरेको थियो।

प्रकाशित: Aug 19, 2021| 19:14 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।