आइतबार, साउन १७, २०८३

लाइसेन्स परीक्षाअघि स्थायी शिक्षकका लागि विज्ञापन खोल्ने आयोगको तयारी

यसअघिका अनुमतिपत्रहरुमा भएका त्रुटि सच्याएर नयाँ ढंगबाट परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले तत्काल लाइसेन्स परीक्षा सञ्चालन गर्न नसकिने तर त्यसअघि नै स्थायी शिक्षकको विज्ञापन गरिने स्पष्ट पारेको हो।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा तत्काल सञ्चालन गर्न नसकिने जनाएको छ। 

यसअघि जारी भएका अनुमतिपत्रहरूमा भएका त्रुटि सच्याएर नयाँ ढंगबाट परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले तत्काल लाइसेन्स परीक्षा सञ्चालन गर्न नसकिने तर त्यसअघि नै स्थायी शिक्षकको विज्ञापन गरिने आयोगले स्पष्ट पारेको हो।  

‘अहिले हामीले आयोगको कार्यतालिका निर्माण गर्दै छौँ। लाइसेन्स परीक्षा भन्दा अगाडि आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरिरहेको छ,' आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भने। कार्यतालिकापछि मात्र लाइसेन्स परीक्षा सञ्चालन गर्न सकिने उनको भनाइ छ। 

आयोगको कार्यतालिका आएपछि त्यसकै आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। 

प्रकाशित: Aug 19, 2021| 18:13 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्