आइतबार, साउन १७, २०८३

निर्मला हत्या प्रकरणका फरार पूर्व डिएसपी अदालतमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन्।

जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएको श्रेस्तेदार हरीकृष्ण अवस्थिले जानकारी दिए। उनले जिसीको केहीबेरमा बयान सुरु हुने बताए। उनका अनुसार जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको उपस्थितिमा अदालतका कर्मचारीले बयान लिनेछन्।

बयान सकिए लगत्तै थुनछेक बहस सुरु हुने छ। बहस सकिए लगत्तै आदेश जारी हुनेछ। निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसँगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसीको नेतृत्वमा घटनाको अनुसन्धान गर्न १३ साउनमा टोली कञ्चनपुर पुगेको थियो।

आइतबार मात्रै आदालतले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई साढे दश लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। एसपी विष्टसहित सो प्रकरणका ७ जना धरौटीमा रिहा भइसकेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।