आइतबार, साउन १७, २०८३

भलिबल  विवादमा युवकको हत्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी : बझाङमा भलिबल खेल्ने क्रममा बिबाद हुदा एक युवकको हत्या भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षिया आनन्द विकको हत्या भएको हो।

आइतबार दिउँसो गाउँ नजिकै भलिबल खेल्दा विवाद भएपछि सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीय जीवन बोहरा र १८ बर्षीया रनु बोहराले विकलाई लौरोले हानेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रविण धितालले कानकारी दिए।
 
घाइते विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्जतर्फ रेफर गरिएको र सोमबार विहान अत्तरिया पुग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संग्लग्न दुबै जना फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।