आइतबार, साउन १७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत १० गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

हामी पनि कुवेत भन्दा कम छैनौं : कप्तान विराज

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले नेपाली टोली कुवेत भन्दा कम नभएको बताएका छन्। पहिलो मैत्रिपूर्ण खेलमा वुकेतलाई बराबरीमा रोक्दै हामी पनि बलियो छौं भन्ने देखाएको कप्तान विराजले बताएका छन्। 

शैक्षिक भ्रमणका लागि पैसा नदिएपछि विश्वविद्यालयमा तालाबन्दी 

शैक्षिक भ्रमणको लागि बजेट माग गर्दा नपाएपछि विद्यार्थीले सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। विज्ञान संकायका विद्यार्थीले विज्ञान संकायको प्रशासन र केन्द्रीय कार्यालयको मुलगेटमा चैत १० गतेबाट अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।

रुपन्देहीमा क्षयरोगीको संख्या साढे १४ सय

रुपन्देहीमा क्षयरोगीको संख्या १४ सय भन्दा बढी देखिएको छ। जिल्ला स्वास्थय कार्यलय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा १ हजार ४ सय ६३ जना क्षयरोगका विरामी रहेका छन्। 

कुटपिटकोे आरोपमा वडा अध्यक्षका छोरा पक्राउ

कुटपिट गरेको भन्दै वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष शुभनारायण मण्डलका छोरा र उनका भतिजालाई प्रहरीले पक्राउ गरेको हो।

कतारविरुद्ध यस्ताे छ नेपालको सुरुआती ११

एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ। 

आयुर्वेद अधिकृतको प्रमाणपत्र नक्कली

जनकपुर अञ्चल अस्पतालमा कार्यरत आठौं तहका आयुर्वेद अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको छ। अस्पतालमा आयुर्वेद अधिकृतको रुपमा कार्यरत मिथिलेशकुमार यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको हो।

जनकपुर बमकाण्ड मुद्दामा अन्तिम सुनुवाइ सुरु

पाँच जनाको ज्यान जानेगरी जनकपुर बमकाण्डको अन्तिम सुनुवाइ आइतबारदेखि जिल्ला अदालत धनुषामा सुरु भएको छ। जनकपुरको रामानन्द चोकमा बम विस्फोट भएको झन्डै ७ वर्षपछि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो। 

पहिराेमा पुरिएर एकको मृत्यु

बझाङको केदारस्युँ गाउँपालिका ४ सुदाडामा गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। बालुवा खन्दा आएको पहिरोमा पुरिएर उक्त घट्ना भएको प्रहरीले बताएको छ।

सर्वोच्चमा शिशु स्याहार केन्द्र

सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ

‘सरकार काम भन्दा भाषण र सस्तो लोकप्रियतामा रमायो’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको एक वर्षे कार्यकाललाई मूल्याङ्कन गर्दा पूर्णरुपमा असफल भएको बताएका छन्। नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले काम भन्दा भाषण र सस्तो लोकप्रियतामा सरकार रमाई रहेको र जनअपेक्षा बुझ्न नसकेकाले पूर्णरुपमा असफल भएको ताएका हुन्।

यस्तो छ कांग्रेस नेता सिटौलाको स्वास्थ्य अवस्था

शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ।

संसद्‍मा ओली : विप्लवका हतियार कसरी खोस्नुपर्छ मलाई थाहा छ

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई समयभित्रै सरकारलाई हतियार बुझाउन आग्रह गरेका छन्। संघीय संसद्‍मा आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘विप्लव समूहलाई धेरै पटक वार्ताका लागि आग्रह गर्‍यौं। मैले पनि धेरै पटक आग्रह गरें।

'विप्लवलाई चन्दा दिए कारबाही'

सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न आग्रह गरेको छ। सरकारले विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई कारबाही गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ।

मन्‍त्रीले नै दलित भनेर दुर्व्यवहार गरेपछि...

कहिले पत्रकारलाई जुत्ताले हिर्काएर त कहिले मेयरलाई पागल भनेर विवादित बन्दै आएका प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह फेरि अर्को उपद्रो गरेको छन्।

मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाको आइतबारको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राखेका थिए।

संसद अवराेध हट्याे, केही बेरमा प्रधानमन्त्रीले सम्बाेधन गर्दै

सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाले अवरुद्ध गरेको संसद सुचारु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्ने भएपछि राजपाले संसद अवरोध हटाएको हो।

चार बुँदे सहमतिपछि अवरुद्ध सडक खुल्यो    

धनगढी–अत्तरिया सडक सुचारु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै आइतबार बिहानैदेखि धनगढी–अत्तरिया सडक अवरुद्ध गरिएको थियो।

निर्मला हत्या प्रकरण : पूर्वएसपी विष्टलाई धरौटीमा छोड्न आदेश 

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छोड्न आदेश भएको छ।

राजपाले संसद चल्न दिएन

सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आइतबारको संघीय संसद्को बैठकपनि राजपाले चल्न दिएन। बैठक सुरु हुनासाथ राजपाका लक्ष्मणलाल कर्णले सभामूखकाे रुलिङ र मन्त्रीले संसदमा गरेकाे प्रतिवद्धतासमेत सरकारले पुरा नगरेकाे भन्दै प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने बताए। राजपाको सांसदहरुले उभिएर बैठकमा सञ्चालनमा अवरोध गरेपछि सभामूखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

चलचित्र नगरीमा सफल करिश्मा एसईईमा के होलिन् ?

नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरले एसईई परीक्षामा सामेल भएकी छन्। उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन्। करिश्मा त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । ४५ वर्षीय करिश्मा आइतबार स्कुल ड्रेसमै परीक्षा दिन गाडीमा पुगेकी हुन्।

कर्मचारी मृत्युपछि धनगढी-अत्तरीया सडक अबरुद्ध   

धनगढी उप-महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै धनगढी-अत्तरिया ६ लेन सडक फेरि अवरुद्ध गरिएको छ।

खैँजडीको तालमा मुख्यमन्त्रीको छमछमी

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ नै यहाँ आइपुगे । 

नेपालमा क्षयरोग : लगानी धेरै उपलब्धि कम 

नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६० वर्षभन्दा बढी अवधि पूरा भइसक्यो । तर, सरकारले यस क्षेत्रमा खासै उपलब्धि हासिल गर्न सकिरहेको छैन ।

बौद्धमा प्रहरीको छापा : तीन लाखसहित सात जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । 

२६८ रोजगार संयोजकका लागि १० हजारको आवेदन

रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । 

सिरहामा जलेर दुई बालिकासहित तीनको मृत्यु

सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

कोरियाली भाषा परीक्षामा २ दिनमा कतिको आवेदन पर्‍याे ? 

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि दुई दिनमा ६२ हजारको आवेदन परेको छ ।

आजबाट एसईई सुरु, करिश्मा र शान्ता चौधरी पनि सामेल

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ ।  आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएकाे छ।

६५ लाखको कारोबार गर्दै सकियाे पुष्प मेला

राजधानीको भृकुटीमन्डपमा सम्पन्न भएको २२ औं पुष्प मेलामा ६५ लाख रुपैयाँको पुष्पजन्य वस्तुको  कारोबार भएको छ। तीन दिनसम्म चलेको मेला ५७ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोशिएसन नेपाल (फ्यान) ले जनाएको हो।

८० वर्षमा  जवान देखिन अनुहारको सर्जरी

बेलायलको दक्षिणी लन्डनमा रहेको वैलिन्गटोन निवासी टोनी गोल्डनबर्गले केही दिन अघि अनुहारको सर्जरी गरिन्। सर्जरी पछि उनले आफ्नो चाउरी परेको गाला सुमसुम्याइन्। त्यसरी गाला सुमसुम्याउँदा उनी निकै खुशी भएकी थिइन्। कारण उनले आफ्नो फेस लिफ्ट अप्रेसन गरेकी थिइन्।

संस्कृतिको विकास विना मुलुक समृद्ध बन्दैन : सत्यमोहन 

वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना  समृद्ध नेपाल बन्न नसक्ने दावी गरेका छन्।

किरात, सुन्दास र गिरीलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।

राजिवले ल्याए ‘कान्छी सुन न...’

जापानमा बस्ने  नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह बढ्दो छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको  बिकास र बिस्तारका लागि नेपाली कलाकारहरुले समय निकाल्ने गरेका छन्। गायक राजिव लामा विगत १२ वर्षदेखि जापानमा बस्दै आएका छन्। उनी जापानमा आयोजना हुने कार्यक्रमको आयोजक मध्येका एक सदस्य पनि हुन्।

बलिउडकी महंगी अभिनेत्री बनिन् कंगना 

कंगना रनौतले शुक्रबार आफ्नो जन्मदिन मनाइन्। उनले मिडिया सामू आफ्नो बर्थडे केक काटेकी थिइन्। उनले बर्डडेमा आफू तमिलनाडुकी पूर्वमुख्यमन्त्री तथा कलाकार जयललिताको जीवनीमा आधारित भएर निर्माण भइरहेको फिल्ममा अभिनय गर्ने कुराको समेत जानकारी गराएकी थिइन्। यो फिल्म तमिल र हिन्दी भाषामा निर्माण हुने छ। फिल्मको तमिलमा ‘थलाइवी’ र हिन्दीमा ‘जया’ नाम राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।