धनगढी – शैक्षिक भ्रमणको लागि बजेट माग गर्दा नपाएपछि विद्यार्थीले सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। विज्ञान संकायका विद्यार्थीले विज्ञान संकायको प्रशासन र केन्द्रीय कार्यालयको मुलगेटमा चैत १० गतेबाट अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।
एक महिनादेखि सम्बन्धित निकायलाई पटक(पटक जानकारी गराई भ्रमणको लागि बजेट माग गर्दा वास्ता नगरेपछि तालाबन्दी गरेको विद्यार्थीले विज्ञप्तिमार्फत जनाएका छन्। विज्ञान समुहका सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४