भैरहव – रुपन्देहीमा क्षयरोगीको संख्या १४ सय भन्दा बढी देखिएको छ। जिल्ला स्वास्थय कार्यलय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा १ हजार ४ सय ६३ जना क्षयरोगका विरामी रहेका छन्।
जिल्ला जनस्वाथ्य कार्यलयका क्षय कुष्ठ निरीक्षक टिकाराम अधिकारीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका मध्ये सबैभन्दा बढी बुटवल नगर भित्र क्षयरोगी भएको जानकारी दिए। सबैभन्दा कम क्षयरोगी ओमसतिया गाउँपालिकामा रहेका छन्।
तथ्यांकका अनुसार बुटवल उपमहानगर पालिकाभित्र ३ सय ४५ जना क्षयरोगी भेटिएका छन्। यसैगरी तिलोत्तमा नगरपालिका भित्र १ सय ६६ जना, देवदह नगरमा १ सय २३ जना, सैनामैना नगरपालिकामा १ सय ११ जना, सिद्धार्थनगरमा १ सय १ जना र लुम्बिनी सास्कृतिक नगरपालिकामा ८९ जना क्षयरोगी रहेका छन्।
यसैगरी कन्चन र रोहिणी गाउँपालिकामा ७०/७० जना, गैडहवामा ५८ जना, शुद्धोधनमा ५६ जना, मर्चवारीमा ५३ जना, मायादेवीमा ५०, कोटहीमाई र समरीमाईमा ४७÷४७ जना, सियारीमा ४२ र ओमसतियामा ३४ जना क्षयरोगका विरामी भेटिएको प्रमुख बरिष्ठ स्वास्थय प्रशासक केदारसिंह गोदारले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४