जनकपुरधाम - जनकपुर अञ्चल अस्पतालमा कार्यरत आठौं तहका आयुर्वेद अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको छ। अस्पतालमा आयुर्वेद अधिकृतको रुपमा कार्यरत मिथिलेशकुमार यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको हो।
यादवको शैक्षिक प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादवले भारतको विहार विद्यालय परीक्षा समितिबाट आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाइरहेको फेला परेपछि अख्तियारले मुद्दा दायर गरेको हो।
तत्कालीन मेडिकल सुपरिडिटेन्डेन्ट डा.रामपरीक्षण यादवले आयुर्वेद अधिकृत पदमा नियुक्त गरेका यादव विगत दुई वर्षदेखि अस्पतालमा कार्यरत थिए। आयुर्वेद अधिकृतमा भर्ना भएका यादव तत्कालीन तत्कालीन मेडिकल सुपरिडिटेन्डेन्ट डा. रामपरीक्षणको भान्जा रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४