आइतबार, साउन १७, २०८३

पहिराेमा पुरिएर एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – बझाङको केदारस्युँ गाउँपालिका ४ सुदाडामा गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। बालुवा खन्दा आएको पहिरोमा पुरिएर उक्त घट्ना भएको प्रहरीले बताएको छ।

सिँचाई नहरको लागि बालुवा निकाल्दै गर्दा पहिरो खसेर स्थानीय ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै ज्यान गएको हो। यस्तै घाइते हुनेमा निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट रहेका स्थानीय लोकराज भट्टले जानकारी दिए। घाइतेलाई उपचारको लागि देउरा अस्पताल पठाइएको उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।