आइतबार, साउन १७, २०८३

नेविसंघले पौड्यालमाथि दल्यो कालो मोसो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास  तथा समन्वय ईकाइका प्रमुख अनन्त कुमार पौड्याललाई कालो मोसो दलेको छ।

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत भन्दा बढी रकम असुल गरेर व्यापक भ्रष्टाचार गरको भन्दै नेविसंघले आइतबार दिउँसो उनकै कार्यकक्षमा कालो मोसो दलेको हो।

पौड्यालले गरेको भ्रष्टाचारको विषयमा पटक-पटक प्रमुख जील्ला अधिकारी  यादव सुवेदीलाई जानकारी गराउँदासमेत कुनै सुनुवाई नगरेकोले कालो मोसो दल्नु परेको नेविसंघ पुर्व केन्द्रिय सदस्य विजयराज ओझाले जानकारी दिए ।

पौड्यालले अस्थायी, करार, शिक्षकको म्याद थप गर्दा जम्मा भएको रकम राजश्वमा जम्मा नगरी मनपरी खर्च गरेर पारदर्शी हिसाब नखुलाएकोसमेत नेविसंघले अरोप लगाएको छ। पौड्यालले विदाका दिनमा पनि सरकारी गाडीको चरम दुरुपयोग गर्ने गरेको नेविसंघको आरोप छ।

यससंगै नेविसंघले उक्त घटनाबारे यथाशिघ्र छाविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग गर्दै ९ वुँदे विज्ञप्ति समेत जारी गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।