सोमबार, चैत २, २०८२

चीनको रसायन उद्योगमा ठूलो विस्फोट, ४४ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको ज्यान गएको र ६४० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निट्युडको कम्पन मापन गरेको थियो।

यो चीनमा हालैको वर्षमा भएको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्येको एक हो।

बिहीवार दिउँसो २:५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो।



विस्फोट
सिन्ह्वाका अनुसार जम्मा ६४० जनालाई अस्पताल पठाइएकोमा ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते छन्।

सामाजिक सञ्जालमा भेटिने तस्बिरहरूमा आगोको गोला पड्केर सो क्षेत्रलाई ढाकेको र मानिसहरू घाइते भएको देखिएको छ।

स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोटको यति शक्तिशाली थियो कि कारखानाको भवनहरूको भग्नावशेषहरू परसम्म लागेर कामदारहरू घाइते भएका थिए।

तीन किलोमिटर पर रहेको अर्को रासायनिक मलको छाना समेत सो विस्फोटका कारण खसेको र झ्याल तथा ढोका फुटेका थिए।

प्रादेशिक अधिकारीहरूका अनुसार प्रदेशभरिका अग्निनियन्त्रकहरू त्यहाँ आवश्यक परेको थियो।

आगलागी शुरू भएको १२ घण्टापछि आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ।

चीनमा औद्योगिक दुर्घटनाहरू कमजोर सुरक्षा स्तरका कारण भइरहने बताइन्छ।

गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन बोकेको गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।

गत वर्ष नै जुलाइमा दक्षिण-पश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो।

हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए।

बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।