एजेन्सी- युरो कप छनोट अन्तरगत रुस विश्वकप २०१८ को उपविजेता टोली क्रोएसिया र बेल्जियम विजयी भएका छन् । बिहिबार राती भएको खेलमा क्रोएिसयाले अजरबैजानलाई २-१ ले पराजित गरेको हो भने बेल्जियमले रुसलाई ३-१ ले पारजित गरेको हो ।
समूह ‘ई’मा रहेको क्रोएसिया खेलको १९ औं मिनेटमा रमिल सेयादेवले गोल गरेपछि घरेलु मैदानमा पछाडी परेको थियो । पहिलो हाफको अन्तिम समयमा क्रोएसियाका लागी बोर्ना बारिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७९ औं मिनेटमा आन्द्रे क्रामारिचले गोल गर्दै क्रोएसियालाई जित दिलाए ।

त्यस्तै समूह ‘आई’मा रहेको बेल्जियमका लागि इडेन हजार्डको दुई गोल गरे । घरेलु टोली बेल्जियमका लागि युरी टिलेमान्सले १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि गोलरक्षक थिबाउट कोर्टुवाको गल्तीलाई सदुपयोग गर्दै डेनिस चेरेसेभले रुसका लागि बराबरी गोल गरे।
पहिलो हाफ सकिनुअघि हजार्डले पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए । ८८ औं मिनेटमा हाजार्डले व्यक्तीगत दोस्रो गोल गर्दै जित सुनिश्चित पारे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४