शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • क्राइस्टचर्च घटनापछि न्यूजील्यान्ड सरकारले लगायो यस्तो प्रतिबन्ध

क्राइस्टचर्च घटनापछि न्यूजील्यान्ड सरकारले लगायो यस्तो प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
न्यूजील्यान्ड – सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो।

प्रधानमन्त्री जासिन्डा आर्डनले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुनेगरी बन्देज लगाइएको जानकारी दिइन्।

क्राइस्टचर्चका दुई वटा मस्जिदमा भएका आक्रमणमा अस्ट्रेलियाका एक व्यक्तिले न्यूजील्यान्डको कमजोर बन्दुक नियमको फाइदा उठाउँदै आक्रमण गरेका थिए। प्रधानमन्त्री आर्डनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइने बताइन्। यी म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सक्छ।

संयुक्तराज्य अमेरिका र विश्वका अरु विभिन्न मुलुकका बन्दुक नियन्त्रणको पक्षमा वकालत गरिरहेकाहरुले न्यूजील्यान्डको पछिल्लो कदमप्रति खुसी व्यक्त गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।