एजेन्सी – एनी ब्रोकनब्रो एक सय चार वर्षीया महिला हुन्। उमेरले शताब्दी काट्दमासम्म कुनै कानुनी काराबाही तथा हिरासतमा नपरेकी एनी ब्रोकनब्रा हालै पुलिसद्वारा गिरफ्तार भइ्न्।
इंग्ल्यान्ड ब्रिस्ट्रोलको स्टोक्लेग केयर होममा बस्दै आएको एनीलाई पुलिसले उनी बस्दै आएको वृद्ध स्याहार आश्रबाट समातिएकी छन्।
के कारणले समातिइन्, एनी ?
न त कुनै अपराध, न त कुनै दोष। एनी समातिनुको एउटै मात्र कारण उनी स्वंयम्को इच्छा हो। एनी बस्दै आएको स्टोक्लेग केयर होमले एक च्यारेटी कार्यक्रम गरेको थियो।
उनीहरूले केयर होममा रहेका सबै वृद्धवृद्धा आफ्नो इच्छा सोधेको थियो। सोही अनुसार एनीले भनिन्, ‘मलाई पुलिसबाट पक्राउ हुनु छ। एक सय चार वर्ष पुगि सक्दा पनि एक पटक पनि पुलिसथाना बसेकि छैन।’
त्यस पछि एनीकै इच्छा अनुसार हातमा हत्कडी लगाएर पुलिसले लगेको थियो। हातमा हत्कडी लगाएर पुलिसथाना पुग्दा एनी निकै खुशी भएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४