मंगलबार, असार २३, २०८३

मैले सफलता पाउँदा पनि मानिसहरु कृतघ्न भए : ओसाका

जापानी टेनिस स्टार नोओमी ओसाकाले आफ्नो सफलताको कदर गर्न नसकेर मानिसहरु कृतघ्न भएको बताएकी छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– जापानी टेनिस स्टार नोओमी ओसाकाले आफ्नो सफलताको कदर गर्न नसकेर मानिसहरु कृतघ्न भएको बताएकी छन्। विश्व वरीयताकी नम्बर दुई ओसाकाले सिनसिनाटीमा अमेरिकी प्रतिद्वन्दी कोको ग्वफलाई बुधबार हराएपछि यस्तो बताएकी हुन्।

उनले गएको मे मा फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएको कारणबारे पनि कुरा गरेकी छन्। उनले प्रतियोगिताको संघारमा मिडियाले आफ्नो दिमागी स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको पनि जनाएकी छन्।

‘म छक्क पर्छु कि के कुराले असर गरिरहेको छ, जसले मलाई मिडियासँग साक्षात्कार गर्न रोकिरहेको छ,’ उनले भनिन्, ‘कुनै कुनै बेला म यस्तो हेडलाइन देखेर हैरान हुन्छु कि खेलाडीले हारिरहेका हुन्छन् तर भोलिपल्ट हेडलाइन हुन्छ ‘कोल्याप्स’ वा उनीहरु पहिलेका जस्तो महान् रहेनन्।’

कुनै खेलाडी मैदानमा जानु, खेल्नु, त्यहाँ समर्थक उपस्थित हुनु र तपाईं खेलेको हेर्न समर्थक आउनु नै उपलब्धि भएको ओसाका बताउँछिन्। तर यहि कुरा कहिलेबाट संवेदनशिल हुन लाग्यो आफूलाई थाहा नभएको उनको भनाइ छ। ‘उपलब्धिबाट सबै कुरा सुरु हुँदैन,’ उनले भनिन्।

२३ वर्षे जापानी स्टारले फ्रेन्च ओपनपछि विम्बल्डनबाट पनि आफ्नो नाम फिर्ता लिएकी थिइन्। उनले एन्जाइटी र डिप्रेसनबाट बच्नका लागि आफ्नो नाम फिर्ता लिएको बताएकी छन्।

उनले सिनसिनाटीमा ४–६ ले पछि परेको अवस्थाबाट ६–३ र ६–४ को जित निकालेकी थिइन्। उनको विचारमा कोभिड–१९ को महामारी पनि मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने तत्व हो।

प्रकाशित: Aug 19, 2021| 14:31 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।