बुधबार, असोज १४, २०८३

सीटीईभीटी प्रि–डिप्लोमा तहको पूर्णशुल्कीय भर्नाका लागि आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८–०७९ को प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय भर्नाका लागि आवेदन फारम माग गरेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८–०७९ को प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय भर्नाका लागि आवेदन फारम माग गरेको छ।

सीटीईभीटीबाट प्रि–डिप्लोमा तहको सञ्चालन सम्बन्धन र स्वीकृति पाएका आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ पहिलो संशोधन २०७८’ अनुसार आवेदन माग गरेको छ।

कोभिड–१९ का कारण यस शैक्षिक सत्रमा भर्नासम्बन्धी विशेष व्यवस्था बमोजिम पूर्ण शुल्कीयतर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ २३ गतेभित्र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी विद्युतीय माध्यमबाट रितपूर्वक आवेदन भर्न सूचना जारी गरेको हो।


प्रकाशित: Aug 19, 2021| 14:16 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्