नयाँदिल्ली- भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित मनोहरको आइतबार बेलुका ६३ वर्षको उमेरमा निधन भएको हो ।
भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिएका छन् । उनको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् ।
भाजपाका नेता मनोहर भारतको रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर उनी गोवाको मुख्यमन्त्री बन्न पुगेका थिए । उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहदै आएका थिए । उनलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४