सोमबार, चैत २, २०८२

यी हुन् विश्‍वका हालसम्‍मकै धनी व्‍यक्‍ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोब्र्स अर्बपतिको सूचीमा आधारित तथ्य हो। अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेका बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति हुन्।

तर, उनी संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्। संसारका सबैभन्दा धनी व्यक्ति अहिले पनि १४ औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्। उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो।

क्यालिफोर्निया विश्वविद्यालयमा इतिहास प्राध्यापन गर्ने रुडल्फ बुच वेअरले बीबीसीलाई भने, 'मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ।' ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए।

सन् २०१२ मा सेलिब्रेटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो। तर अर्थशास्त्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्।

मान्सा मुसाको जन्म सन् १२८० मा भएको थियो। उनका दाजु मान्सा अबु बकरले माली साम्राज्यमा सन् १३१२ सम्म शासन गरेका थिए। तर, उनले एउटा साहसिक यात्रामा जान गद्दी परित्याग गरे। चौधौँ शताब्दीको सिरियाबारे अनुसन्धान गरेका इतिहासकार शिबाब अल उमरीका अनुसार अबु बकर आन्ध्र महासागर र त्यसपारि के छ भन्ने जान्न धेरै इच्छुक थिए। उनी दुई हजारवटा पानीजहाज, हजारौँ प्रजा र दासदासीहरू लिएर सो यात्रामा निस्केको बताइन्छ। तर, उनीहरू कहिल्यै फर्किएनन्।

दिवङ्गत अमेरिकी इतिहासकार आइभन भ्यान सर्टिमा सो विशाल टोली दक्षिण अमेरिका पुगेको थियो भन्ने धारणासँग सहमत छन्। तर, त्यसको कतै प्रमाण छैन।

जे भए पनि मान्सा मुसा उत्तराधिकारी बने। उनको राज्यकालमा मालीको सीमा बढ्दै गयो। उनले २४ टिम्बक्टुसहित २४ वटा नगर आफ्नो राज्यमा गाभे। राज्य दुई हजार माइल लामो भूमिमा फैलियो। आन्ध्र महासागरदेखि आधुनिक कालका नाइजर र अन्य देशहरू सेनेगल, मोरिटेनिया, माली, बुर्किना फासो, द गाम्बिया, गिनी बिसाऊ, गिनी र आइभरी कोस्टका कैयौँ भाग यसैमा समेटिएका थिए।

ठूलो भूभाग राज्यमा समेटिएकाले सुन र नुनका स्रोतहरू पनि त्यसै राज्यका हुन आए। मान्सा मुसाको शासनकालमा माली साम्राज्यमा संसारकै आधा सुन रहेको ब्रिटिश सङ्ग्रहालयको भनाइ छ। अनि त्यसमा राजाको अधिकार हुन्थ्यो।

'शासकका रूपमा मान्सा मुसाको यो बहुमूल्य स्रोतमाथि असीमित पहुँच थियो।', नर्थवेस्टर्न विश्वविद्यालयको ब्लक म्युजियम अफ आर्टमा विज्ञता हासिल गरेकी क्याथ्लीन बिक्फर्ड बेर्जोकले बीबीसीलाई बताइन्। उनले भनिन्, 'सुन र अन्य सामानको व्यापार गर्ने प्रमुख व्यावसायिक केन्द्रहरू उनकै साम्राज्यमा पर्थे र यो व्यवसायबाट उनले निकै ठूलो सम्पत्ति हात पारे।'

  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।