शुक्रबार, जेठ १, २०८३

न्युजिल्याण्ड घटनाका मुख्‍य आरोपी अदालतमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडाैं - शुक्रबार न्युजिल्याण्डको क्राइस्ट चर्च स्थित मस्जिदमा ४९ जनाको ज्यान जाने गरी भएको आक्रमणको मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई अदालतमा उपस्थित गराइएको छ। २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टनलाई हत्या आरोपमा शनिबार अदालतमा उपस्थित गराइएको हो। घटना लगत्तै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये एकजनालाई भने प्रहरीले रिहा गरेको छ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले घटनापछि बन्धुक राख्न पाउने कानुनमा परिमार्जन गरिने बताएकी छिन्। उनले अभियुक्तसँग पाँचवटा लाइसेन्स प्राप्त बन्दुक रहेकोसमेत पुष्टि गरिन्। ब्रेन्टनलाई ५ अप्रिलमा पुनः अदालतमा उपस्थित गराइने बताइएको छ।

स्थानीय समयअनुसार करिब पौने २ बजे आक्रमणकारी बन्दुकसहित हेलमेट लगाएर अल–नूर मस्जिद पसेको थियो। उक्त व्यक्तिले मस्जिदमा करिब ५ मिनेटसम्म गोली चलाएको थियो। उक्त आक्रमण फेसबुक मार्फत लाइभसमेत गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।