सोमबार, चैत २, २०८२

१६ वर्षीया ग्रेटा नोबल शान्ति पुरस्कारका लागि मनोनित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्वीडेनकी १६ वर्षीया ग्रेटा थुनबर्ग यस वर्षको नोबल शान्ति पुरस्कारका लागि मनोनित भएकी छन्। गत अगस्टदेखि ग्रेटा एकल रूपमै वातावरण बचाउन लागि परेकी छन्।

उनी हरेक शुक्रबार आफ्नो क्लास मिस गरेर स्वीडेनको संसद भवन अघि गई वातावरण परिवर्तन र यसको समाधान लागि तल्काल सम्बोधन गर्नुपर्ने पम्पलेट लिएर उभिरहन्थीन्। 

उनको सोही कदम अहिले विश्व ध्यानाकर्षण गराएको छ। विश्वलाई वातावरण  संरक्षण र संवद्र्धनका लागि तत्काल केही कदम चाल्नुपर्नेमा उनको जोड थियो। 

नेर्वोजियन समाजवादी एमपी फेड्री एन्डे« ओभेस्गार्डका अनुसार ग्रेटालाई मनोनयनको प्रमुख, विश्वमा वातावरण परिवर्तनका लागि यस प्रकारको कदम लिने व्यक्तिलाई प्रोत्साहन गर्ने नसकेमा विश्वमा युद्ध, विद्रोह र सरणार्थीको मात्र समुदाय हुने ‘द गार्जियान’मा  बताएका छन्। 

ग्रेटाले एक टिवट गर्दै नोवेल शान्ति पुरस्कारका लागि आफू मनोनितमा परेकोमा सम्मानित भएको महशुष भएको र आफू कृतज्ञ रहेको बताएकी छन्। सन् २०१८ जनवरीमा डाभोसमा भएको संयुक्त राष्ट्र सघंको वातावरण सम्मेलनमा उनले विश्वका नेताहरुलाई वातावरणप्रति ध्यानाकृष्ट गरेकी थिइन्।

उनको यस कदमलाई केही राजनीतिज्ञ बाहेक जर्मनीकी प्रधानमन्त्री एन्जेला मार्केल, आइरल्यान्डका  लिओ भारडकार तथा पेरिस, मिलनन, सिड्नी, अस्टिन, पोटल्यान्ड, बार्सिललगायतका देशका नेताहरु उनको सामर्थनमा थिए। उनको समर्थनमा एक सय पाँच देशका एक हजार छ सय ५९ शहरहरूमा जुलुस निस्कने अनुमान गरिएको छ।  

ग्रेटाको यो अभियानलाई विश्वभरका सबै विशेषत : विद्यार्थिहरूले समर्थन गरेका छन्। नेपालमा पनि युलियन्स स्कुलका विद्यार्थीहरूले एकताकुनादेखि ललितपुर महानगरपालिका अघि प्रर्दशन गरेका थिए।

करिब सय विद्यार्थीहरू समोलन भएका प्रदर्शनमा  कक्षा ८ र नौं का विद्यार्थीहरूले पनि वातावरण परिवर्तनलाई अहिले सम्बोधन हुन नसके अबको १२ वर्षमा हामी स्वंयमलाई  नै  असहज र खतरा हुने बताए। ग्रेटाकै कदमको उनीहरू पनि प्रेरित भएको युलियन्सका विद्यार्थीहरूले बताए।

यस वर्ष नोबल पुरस्कारका लागि तीन सय एक ब्यक्ति र संस्था मनोनितमा परेका छन्। जसमा दुई सय २३ व्यक्तिगत रहेको छन्, भने ७८ वटा संस्था रहेका छन्। सन् २०१४ मा  १७ वर्षीया पाकिस्तानी मलाला युसाफिजाईले नोबल शान्ति पुरस्कार पाइकी थिइन्। यदि ग्रेटाले यो पुरस्कार पाएमा उनी हालसम्म कै कान्छी  नोबल पुरस्कार विजेता हुने छिन्।​​​​​
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।