बुधबार, चैत २५, २०८२

भारत र श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
विराटनगर- सविकको विजेता भातर र श्रीलंका विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गेरेका छन् । शुक्रबार शहिद रंगशालमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेपछि भारत र श्रीलंका प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको हो ।

आफ्नो पहिले खेलमा भारतसँगै ६-० गोल अन्तरले पराजित भएको माल्दिभ्स दोस्रो खेलमा श्रीलंकासाग प्रराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफको खेल सकिन पाँच मिनेट बाँकी रहदाँ श्रीलंकले सुरुवाती अग्रता लियो । 

४० औं मिनेटमा चलानी कुमारी एकनाएकेले गोल गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाइन् । उनले कप्तान इरान्डी के. लियानागेको फ्रि-किक प्रहारलाई माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले क्लियर गर्न खोज्दा रिबाउन्ड भएको बलमा गोल गरेकी हुन् । 

श्रीलंकाले दोस्रो हाफमा थप एक गोल गर्यो । ५० औं मिनेटमा एकनाएकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । उनले अचला संजिवनी परेराको पासमा उत्कृष्ट प्रहार गर्दै अग्रता दोब्बर पारिन् । 

त्यसअघि माल्दिभ्सकी कप्तान फदुवा जहिरले करिब ३० यार्डबाट गरेको प्रहार श्रीलंकाकी गोलरक्षक अयोमी एस विजेरत्नाले सहजै बलाई नियन्त्रणमा लिइन् । २० औं मिनेटमा कप्तान इरान्डीले गरेको बल गोलमा परिणत भएपनि उनले गोलरक्षकलाई फाउल गरेको भन्दै रेफ्रिले नो गोल दिएका थिए । 

त्यसको तीन मिनेट नबित्दै पुनः कप्तान इरान्डीले वान भर्सेज वनमा गरेको प्रहार करसरबारको केही माथिबाट बाहिरिएको थियो । २७ औं मिनेटमा मल्दिभ्सकी मारियाम रिफाले मिडफिल्डबाट एक्लै अगाडी बढाएको बललाई फिनिसिङ गर्ने क्रममा बाहिरियो । 

आब आइतबार समूह बी को विजेता र उपविजेतका लागि श्रीलंकाले भारतको सामना गर्ने छ । त्यस्तै समूह ए को विजेता र उपविजेताका लागि आयोजक टोली नेपालले शनिबार बंगलादेशसँग सामना गर्दै छ । खेल शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।