मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अलमुताइरी र नेम्बङ विवादको छानविन प्रतिवेदन आज राखेपलाई बुझाउने तयारी

अलमुताइरी र नेम्बङ विवादको छानविन प्रतिवेदन आज राखेपलाई बुझाउने तयारी

राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङबीच चलेको विवादको छानविन सकिएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दूल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङबीच चलेको विवादको छानविन सकिएको छ।

छानविनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको सात सदस्सीय समितिले छानविन प्रतिवेदन बुझाउने तयारी गरेको छ।

राखेप सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा रहेको टिमले विवादमा सम्मिलित १४ जनाको बयान लिइसकेपछि छानविनका सम्पूर्ण काम सकेपछि आज प्रतिवेदन बुझाउने तयारी गरेको हो।

समितिकी सदस्य सुवर्ण श्रेष्ठले भनिन्, ‘बुधबार नै काम सक्काएर बुझाउने भन्ने योजना थियो तर सकिएन। काम चाहिँ लगभग सकिएको छ। कम्पाइल गर्न बाँकी थियो। त्यो गरिसक्नै लाग्यौँ। आज लगभग बुझाउने भन्ने नै छ।’

समितिले बिहीबार सम्पूर्ण काम सकेर अपह्रान्नपछि प्रतिवेदन बुझाउर्ने तयारी गरिरहेको छ। राखेपले बनाएको समितिमा संयोजक राखेप बोर्ड सदस्य लाखेसहित सदस्यहरुमा सुवर्णा श्रेष्ठ, चन्द्र बन्दना राई, अर्जुन बिक, रेनुका नगरकोटी, नारायण अर्याल र सरोज पोखरेल छन्।

समितिले गएको शनिबार एक हप्ताका लागि थप समय माग गरेको थियो सोही अनुसार अब शुक्रबारसम्म समितिको म्याद छ।

प्रकाशित: Aug 19, 2021| 10:02 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।