रेनर सेम्फ र उनको टोली साउथ अफ्रिकाको पोर्ट एलिजावेथ हार्बर समुन्द्रमा ‘सारडेन’ नामक माछाको भिडियो फिल्म गर्र्दै थिए। सारडेन उक प्रजातिको माछा एक सुन्द्रबाट अर्को समुन्द्रमा बसाई सर्ने गर्दछ।
यस माछाको अर्को विशेषता यो हो कि : यी जातिका माछालाई ग्यानेट (समुन्द्रका माछालाई शिकार गर्ने चरा) पेन्गुइन्, सार्क, डल्फिन, सिल, ह्वेल जस्ता जनावर एक साथ मिलेर यी माछाहरूलाई शिकार गर्ने गर्छन्।
सोही कारण रेनर सेम्फ भिडियो फिल्मी गर्ने गएका थिए। भिडियो बनाउँदै गरेका रेनरलाई एक्कासी ठुलो समुन्द्रको साइज सानो र अँध्यारो हुदै गएको आभास भयो। पछि उनको हिपमा एक्कासी जोडले समाएको आभास भयो।
म भिडियो खिच्न ब्यस्त भएको कारण पनि पछाडि के भएको सायद नभएको उनले स्काई अनलाइनलाई बताएका थिए। करिब १५ मिटर लम्बाई र २० टन वजन भएको उक्त ह्वेलले उनलाई केही सेकेण्ड मै छोडि दियो।
ह्वेलको शिकार बनेका स–साना माछा, सुमन्द्र वरपरका चराहरू हुन्। हामी मानिस अरू जनावरको दाँजोमा ठुलो भएको कारण पनि निलि हाल्न नसक्ने कारण केही आनन्द भयो, रेनरले बताए। ह्वेलहरूले मानिसहरूलाई खाँदैनन्।
२० वर्षको उनको डाइभ टुरमा उनले यस्तो अनुभाव पहिलो भएको र गहिरो समुन्द्रमा अजंगको ह्वेलको मुखमा पुग्दा उनले आफू निकै सानो प्राणी रहेछु भन्ने आभास भएको बताए।
ह्वेल उनको मुखमा परेको अवस्थामा उनका अरू साथीले फोटो खिचेका थिए। जुन फोटो अहिले भाइरल भएको छ। साथै, यो फोटो वर्षको ‘नेचुरल फोटो’को लागि पनि अनुबन्धित हुन सक्ने सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४