सोमबार, असोज १९, २०८३

दक्षिण कोरियामा लिंगले भरिएको पार्क

दक्षिण कोरियामा सिन्नमको आकर्षक एवं आश्चार्यजनक तट एक रोचक बगैँचाबाट सजिएको छ। हेसिन्डाग पार्क, जसलाई 'पेनिस पार्क'को नामले पनि चिनिन्छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

दक्षिण कोरियामा सिन्नमको आकर्षक एवं आश्चार्यजनक तट एक रोचक बगैँचाबाट सजिएको छ। हेसिन्डाग पार्क, जसलाई 'पेनिस पार्क'को नामले पनि चिनिन्छ। पार्कको चारै तिर विशाल लिंगका आकृति छन्। यो पार्कमा जो सुकै जान सक्छन्। विषेश गरेर पार्क पर्यटकको आकर्षक केन्द्र बनेको छ।

जहाँ सुकै लिंग नै लिंगका आकृति देख्न सकिने भएकाले यो पार्क अन्य पार्कको तुलनामा फरक छ। यस पार्कमा लिंगको रूपलाई दर्शाउने दर्जनौ आकृति छन्।



यस पार्कसँग जोडिएको इतिहास पनि निकै रोचक छ। पार्क एक युवा कुमारको आत्मसन्तुष्टिको लागि बनाइएको थियो। उनको मृत्युपछि गाउँका मानिसहरूले सर्पका डरले त्यस तटमा माछा मार्न सक्थेनन्। त्यसैले स्थानीयले ती मृत युवाको आत्म सन्तुष्टिका लागि लिंगका आकृति बनाएका थिए। त्यसपछि त्यो तटले सर्पबाट छुटकारा पायो र स्थानीयले फेरि माछा मार्न थाले भन्ने किम्बदन्ती छ। 

त्यहाँ जाने पर्यटकहरूलाई स्थानीयले यही कुरा सुनाउने गरेका छन्। अब यो लिंगले भरिएको एक आकर्षक पर्यटकीय स्थल बनिसकेको छ।



यहाँ सानादेखि ६ फुटसम्मका लिंगका आकृति देख्न सकिन्छ। उक्त पार्कमा जाँदा म्युजियम पनि पुग्नुपर्छ। म्युजियममा पनि लिंग सम्बन्धि थुप्रै कला र विभिन्न जानकारी लिनसकिन्छ।

यो पार्कमा प्रत्यक वर्ष करिव १२ हजार पर्यटक आउने गर्छन्। जो यो पार्कलाई देखेर निकै अचम्मित पर्ने गर्छन्। नवभारत टाइम्सबाट साभार

प्रकाशित: Aug 19, 2021| 09:37 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।