मंगलबार, असार २३, २०८३

बक्सिङ प्रतियोगिताका लागि नेपालका ६ खेलाडी यूएईमा

एएसबीसी जुनियर तथा युथ वोइज एण्ड गल्स बक्सिङ प्रतियोगितामा सहभागि हुन नेपाली टिम युएई पुगेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- एएसबीसी जुनियर तथा युथ वोइज एण्ड गल्स बक्सिङ प्रतियोगितामा सहभागि हुन नेपाली टिम युएई पुगेको छ।

बुधरबार राति नेपाली बक्सिङ टोलीलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए।

आउँदो अगस्त २० देखि ३१ सम्म दुबईमा हुन गइरहेको बक्सिङ प्रतियोगितामा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली प्रतिस्पर्धिमा जुनियरतर्फ ५४ केजी तौल समूहमा छिरिङ वाङदी शेर्पा र महिला ५० केजीमा स्वस्तिका तिरुवाले प्रतिष्पर्धा गर्दैछन्।

त्यसैगरी युथ तर्फ पुरुष ५४ केजी तौलमा सुलभ माली, ६० केजी तौल समूहमा ईन्द्र बहादुर सुनार, ७१ केजीमा सुदेन गिरी साथै महिला ५७ किलो तौलमा नारिका राईले प्रतिष्पर्धा गर्दै छन्।

जुनियर तथा युथका ६ खेलाडीसहित ५ जना अफिसियल गरी ११ सदस्यीय नेपाली बक्सिङ टोली बुधबार दुबई प्रस्थान गरेको हो।

२०७६ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा  बक्सिङले तीन स्वर्ण ६ रजत र ६ कास्य गरी १५ पदक जितेको थियो।

त्यसलाई सम्झँदै संघका अध्यक्ष अवाले फेसबुकमा लेख्छन्, ‘अहिले मात्र आएर बिस्तारै स्तरोन्नती गरिरहेको बक्सिङ्ग खेलको झण्डै ३६ वर्ष लामो ईतिहासमा नयाँ आयाम थप्दै १३औं दक्षिण एशियाली खेलकुदमा धेरै पदक जितेर प्रमाणित गरि सकेको छ।’

प्रकाशित: Aug 19, 2021| 09:21 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।