आइतबार, साउन १७, २०८३

रोनाल्डोले ह्याट्रिक गरेपछि युभेन्ट्स क्वाटरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि ईटालियन सिरी ए क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३-० ले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा २-० ले पराजित भएको युभेन्ट्स दोस्रो लेगमा ३-० ले विजयी भएपछि समग्रहमा ३-२ गोलको जितसहित क्वाटरफाइनलमा प्रवेश गर्यो । 

पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्ट्सका लागि दोस्रो हाफमा थप दुई गोल गर्दै रोनाल्डो च्याम्पियनस लिगमा आफ्नो ८ औं ह्याट्रिक पुरा गरे । उनले खेलको २७ औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । 

४९ औ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेल सकिन ४ मिनेट बाँकी रहदाँ पेनाल्टीमा गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई महत्वपूर्ण जित दिलाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।