मंगलबार, असार २३, २०८३

सन्दिपले सिपीएल गुमाउने भएपछि उनको ठाउँमा यासिरले खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण सदस्य सन्दिप लामिछानेले यो वर्ष अर्को पनि फ्रेन्चाइज लिग गुमाउने भएका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण सदस्य सन्दिप लामिछानेले यो वर्ष अर्को पनि फ्रेन्चाइज लिग गुमाउने भएका छन्।

आउँदो २६ अगस्तबाट १५ सेप्टेम्बरसम्म क्यारेबियन क्षेत्रमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) सन्दिपले गुमाउने भएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिम त्यो समयमा ओमन प्रस्थान गर्ने भएकाले उनले सो लिग गुमाउने छन्। नेपालले आगमी सेम्टेम्बर पाँच र आठमा ओमनमा पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ।

सो खेलका लागि क्वारेन्टिनसहित नेपाल सिपीएल सुरु हुने समयमै ओमन प्रस्थान गर्नुपर्ने हुन्छ। पपुवा न्युगिनीसँगको खेलपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय शृंखला खेल्नेछ। नेपालले लिग दुईको दोस्रो श्रंखला ओमन र अमेरिकाविरुद्ध खेल्नेछ।

नेपालले लिग दुईको पहिलो त्रिपक्षीय शृंखला पनि तीनै टिमविरुद्ध खेलेको थियो। आउँदो सिरिजका कारण सन्दिपले सिपीएल खेल्न नपाउने भएपछि उनको टिम ट्रिनबागो नाइट राइडर्सले यासिर शाहलाई लिएको छ।

३५ वर्षे पाकिस्तानी बलर यासिर विश्वमै द्रूत सय विकेट गिराउने दोस्रो टेस्ट क्रिकेटर हुन्। त्यस्तै, टेस्ट क्रिकेटमै सर्वाधिक छिटो २०० विकेट गिराउने खेलाडी हुन्।

प्रकाशित: Aug 19, 2021| 08:09 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।