मंगलबार, माघ ६, २०८२

संजोक राई थ्रिस्टारमै बस्ने पक्का

पछिल्लो सहिद स्मारक ए डिभिजन लिगमा पहिलो ह्याट्रिक गरेका संजोक राई आउँदो लिगमा पनि थ्रिस्टार क्लबमै बस्ने भएका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- पछिल्लो सहिद स्मारक ए डिभिजन लिगमा पहिलो ह्याट्रिक गरेका संजोक राई आउँदो लिगमा पनि थ्रिस्टार क्लबमै बस्ने भएका छन्।

National life

११ नम्बरमा खेल्ने खेलाडीले थ्रीस्टारसँग सम्झौता नविकरण गरेका हुन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका राई दोस्रो चरणको छनोटबाट बाहिरिएका थिए।

संजोकले गएको चैतमा नेपालमै भएको थ्रि नेसन्स कपको फाइनल खेलमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए।

बंगलादेशविरुद्धको सो फाइनल खेलमा उनीसँगै विसाल राईले पनि गोल गरेका थिए।

थ्रीस्टारले यसअघि राष्ट्रिय टिमको डिफेन्डर अनन्त तामाङसँगै पनि सम्झौता नविकरण गरेको थियो। त्यस्तै उसले केही समययता नेपालमा खेलिरहेका अफ्रिकन रुट्सका डिफेन्सिभ मिडफिल्डर राफेन विडियासलाई पनि क्लबमा भित्र्याएको थियो।

Laxmi sunrise bank
kumari

थ्रिस्टारले यसबाहेक मनग्य नकर्मी, विक्रम लामा, आयुष घलान, निशान खड्का, डोना थापा, मिक्छेन तामाङ, सुसान श्रेष्ठलगायतका खेलाडी अनुबन्ध गरिसकेको छ।

क्बले राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगीलाई यसपहिले क्लबमा अनुबन्ध गरे पनि निरन्तरता दिन सकेको थिएन। डाँगीलाई अहिले मछिन्द्र क्लबमा अनुबन्ध भइसकेका छन्। क्लबले मूख्य प्रशिक्षकको जिम्मेवारी थ्रिस्टारकै पूर्वखेलाडी उर्जन श्रेष्ठलाई दिएको छ।

प्रकाशित: Aug 19, 2021| 08:01 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।