काठमाडौं- नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कृष्णबहादुर राईको बुधबार निधन भएको छ।
सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरस (कोभिड-१९) को संक्रमणका कारण निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन्।
आठौं सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए। स्व. राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन्। उनको परिवारमा श्रीमती र एक छोरा छन्।