शुक्रबार, जेठ १, २०८३

केन्यामा जहाज दुर्घटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नैरोबी - इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ। आडीस अबाबाबाट नैरोबी आउँदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ। उडेको केही समयभित्रै जहाज दुर्घटनामा परेकाे बताइएकाे छ।

इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्दै  दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेका हुन्। दुर्घटनामा परेको जहाजको खोजी तथा उद्धार कार्य तिव पारिएको तर, दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेका बताइएको छ। अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो। सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।