सोमबार, चैत २, २०८२

११६ वर्षे ‘वृद्धा’ ले राखिन गिनिजबुकमा नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जापान- जापानकी काने तानाकालाई गिनिज वर्ल्ड रेकर्डले विश्वकै सबैभन्दा बृद्धाको मान्यता दिएको छ । आफ्नो उमेर ११६ वर्ष ६६ दिन पुग्दा तानाकाले ९ मार्चमा विश्वकै सबैभन्दा बृद्धाको मान्यता पाएकी हुन् । 

सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका  आफ्नो जीवनको उत्तराद्र्धमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन छन् । सामान्यतया हरेक विहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन ।

उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वल्र्ड रेकर्डसले जनाएको छ । आफैले जन्माएका चारजना र एक धर्मसन्तानकी आमा तानाकालाई अहिले भने एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।

तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएको जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा सहित दर्जनौँ शुभेच्छुक पुगेर सम्मान कार्यक्रम गरेका थिए ।

गिनिज रेकर्ड पछि आफ्नो जीवनमा जीवनमा सबैभन्दा सुखद् क्षण अहिलेको रहेको तानाकाको भनाई छ ।

यसअघि जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सवैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।

गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट थिइन् । जसको मृत्यु सन् १९९७ मा १२२ बर्षको उमेरमा भएको थियो । एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।