अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व चुनाव अभियान प्रमुख पउल म्यानफोर्टलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ। अमेरिकामा सन् २०१६ मा सम्पन्न राष्ट्रपतिय चुनावमा रुसको हस्तक्षेप तथा कर छलीको आरोपमा ६९ वर्षीय म्यानफोर्टलाई न्यायाधीश टीएस एलिसले ४७ महिने जेल सजाय सुनाएका हुन्। उनलाई यो भन्दा बढी सजाय हुन सक्ने आशंका गरिएको थियो ।
उनी विरुद्ध लागेको अभियोगका बारेमा विशेष वकिल रोबर्ट म्यूलरले अनुसन्धान गरेका थिए। उनले म्यानफोर्टविरुद्ध १९ देखि २४ वर्षसम्मको जेल सजायका लागि सिफरिस गरेपनि न्यायाधीश एलिसले उनलाई ४७ महिनाको जेल सजाय सुनाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४