हामी आफुलाई सुन्दर बनाउनको लागि के गर्न सक्छौ। सामान्य मेकप, त्यो भन्दामा बढी गरे फेसियल, हदै गरे ‘प्लास्टिक सर्जरी’। तर, चीनमा एक रोचक घटना घटेको छ। चीनकी एक महिलाले आफनो बिरालोको ‘प्लास्टिलक सर्जरी’ गरेकी छन्।
बेलायती निजी अनलाइन मिरर अनलाइनमा उल्लेखित गरे अनुसार, नाम नखुलाएकी ती महिलाले आफ्नो घरपालुवा बिरालोको आँखामा वरपर कपाल काटेर प्लास्टिक सर्जरी गरिएको हो। उनले करिब १ लाख ६७ हजार तिरेर सर्जरी गराएकी थिइन्।
ती महिलाले आफ्नो बिरालो अँखा मन नपरेको भन्दै आँखाको आकार परिर्वतन गर्नको लागि प्लास्टिक सर्जरी गरेको बताइन्।
उक्त बिरोलोको ‘डबल आइलिड’ अप्रसेन गरिएको हो। यसलाई ‘एसियन ब्लेफ्राओप्ल्यास्टी’ पनि भनिन्छ। यसमा जनावरहरूको आँखाको नानीको बाहिरी भागमा थप गोलकार जस्तै थपिन्छ जसको कारण आँखा अझ सुन्दर देखिने गर्छ।
अप्रेसनको लागि अनुहारको वरपर रौँहरू सेभ गर्ने गरिन्छ। जसका कारण, बिरालोको आँखा निकै सुन्निएको र रातो देखिएको थियो।
चीनको जान्सुक प्रान्तको नान्गिङ्ग ‘रूपेन्ग पेट हस्पिटलमा’ उक्त अप्रेसन गरिएको थियो। हस्पिटलका अनुसार ‘डबल आइलिड सर्जरी’ निकै सामान्य रहेको र प्राय ः कुकुरका मालिकहरू पनि आफ्नो पेट डगलाई यस्ता सर्जरी गराउने प्रचलन बढेको बताए।
यस प्रकारको सर्जरी घरपालुवा जनावरहरूले प्रतियोगितामा भाग लिनको लागि गराउने गरेको डाक्टरहरूको भनाइछ।
यस सर्जरीको समाचार निकै भाइरल भएको छ। धेरै मान्छेले ति महिलाप्रति नकारात्मक टिप्पणी गरेका थिए। उनीमाथि जनावरमा शोषण गरेको आरोप पनि लागेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४