शुक्रबार, भदौ ५, २०८३

मन्त्री बन्न नेताका घरघरमा भैलो खेल्न थाले : सांसद पन्थ

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले अति भएपछि वर्तमान सरकारको जन्म भएको बताएका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले अति भएपछि वर्तमान सरकारको जन्म भएको बताएका छन्।

राष्ट्रिसयभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले अहिलेको सरकारसँग जनताका धेरै अपेक्षा रहेको भन्दै प्रतिपक्षको हैसियतमा राखिएका प्रश्न वर्तमान सरकारतर्फ सोझिने र त्यसको भारी बोक्नुपर्ने जिम्मेवारी वर्तमान सरकारसँग रहेको बताए।

मन्त्री बन्न नेताका घरघरमा भैलो खेल्न थाले : सांसद पन्थ 

‘सरकार फस्नु भएन, अल्झन भएन। सुरुका केही निर्णय राम्रो भए पनि केही हल्लाले बजार तातेकै छ। कोभिडको तीन लाख खोप अघिल्लो सरकारले हराएको हो। ठूला बडाले लगेकै हुन्। तर वर्तमान सरकारले हराएको भनिएको छ। त्यसको सत्यतथ्य बाहिर ल्याउनुपरो,’ उनले भने। 

मन्त्री बन्नका लागि नेताहरुको घरघरमै भैलो खेल्ने काम सुरु भएको भन्दै उनले प्रधानमन्त्रीले विवेकपूर्ण तरिकाले हेर्नुपर्ने बताए। ‘सरकार कहिलै कसैको चंगुलमा फस्नु भएन। भ्रममा पर्नु भएन। क्याविनेट समावेशी बनाउनुपर्छ। सबैले यही कुरा हेरिरहेका छन्,’ उनले भने।

प्रकाशित: Jul 28, 2021| 13:55 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...