बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • जातीय विभेदको मुद्दा लागेका वडाध्यक्ष १ लाख १० हजार धरौटीमा छुटे

जातीय विभेदको मुद्दा लागेका वडाध्यक्ष १ लाख १० हजार धरौटीमा छुटे

जुम्लाको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा धरौटीमा छुटेका छन्। वडाध्यक्ष १ लाख १० हजार र छोरा नवीन १ लाख धरौटीमा छुटेका हुन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

सुर्खेत– जुम्लाको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा धरौटीमा छुटेका छन्। वडाध्यक्ष १ लाख १० हजार र छोरा नवीन १ लाख धरौटीमा छुटेका हुन्। 

National life

जातीय विभेदको मुद्दा लागेका वडाध्यक्षका बाबुछोरालाई जुम्ला जिल्ला अदालतले धरौटीमा छोड्न आदेश गरेको हो। अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतका निमित्त श्रेस्तेदार तथा सूचना अधिकारी चेतराज पन्तले बताए।

असार २५ गते जुम्लाको सिंजा गाउँपालिका–६ काँडागाउँका विवेन्द्र नेपालीले वडाध्यक्ष र उनका छोरा नवीनविरुद्ध प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा हालेका थिए। यातायात, खानेपानी लगायतका विषयमा वडाध्यक्षले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा टिप्पणी गरेपछि असार ८ गते वडाध्यक्ष र उनका छोराले अपशब्द प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेका थिए। घटना भएको १७ दिनपछि दलित अधिकारकर्मीहरुको सहयोगमा पीडितले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातिय विभेदको मुद्दा दर्ता गराएका थिए।

अदालतले असार २७ गते वडाध्यक्ष र उनका छोराको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्षका छोरा साउन १८ गते पक्राउ परेका थिए भने वडाध्यक्ष पक्राउ परेका थिएनन्।

मंगलबार वडाध्यक्षले आफैं उपस्थित भएर धरौटी रकम बुझाएर फर्किएको अदालतले जनाएको छ। धरौटी रकम बुझाएसँगै थुनामा रहेका वडाध्यक्षका छोरा पनि रिहा भएका छन्।

Shivam cement

प्रकाशित: Aug 18, 2021| 15:41 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।